नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्छौं : रवि लामिछाने

नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्छौं : रवि लामिछाने


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’ पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे ।

दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दा स्वतन्त्र उम्मेदवार बन्नेहरुप्रति अन्योल हुने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।