म क्षमता अनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ: शहरी विकास मन्त्री चौधरी

म क्षमता अनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ: शहरी विकास मन्त्री चौधरी


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् ।

सोमबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’

यस्तै उनले पहिलो निर्णयका रुपमा प्रस्तावित शहरी नीतिलाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । ‘यो महत्त्वपूर्ण निर्णय हो, यो नीतिले काठमाडौं प्राधिकरणजस्तै पोखरा, वीरगञ्ज, दाङलगायतमा समेत प्राधिकरण बनाएर आफ्नो शहरलाई सुन्दर बनाउन सहयोग गर्छ भन्ने अपेक्षा लिएको छु,’ उनले भने ।