प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन: चित्रबहादुर केसी

प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन: चित्रबहादुर केसी


ग्लोब नेपाल
135
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प नभएको पनि बताए ।

उनले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताए । पटक-पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेपछि कांग्रेससँग गठबन्धन गर्नु परेको बताए ।

उनले भने, ‘कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन । यदि वामपन्थीहरुको राम्रो खुट्टा टेकेर मुलुकलाई अगाडि लगेको भए अरुलाई मिसाउनुपर्ने थिएन । तर हामीले सकेनौं ।’