यात्रा गठबन्धनको, उद्देश्य समाजवादको यो मिलेकै छैन: शंकर पोखरेल

यात्रा गठबन्धनको, उद्देश्य समाजवादको यो मिलेकै छैन: शंकर पोखरेल


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् ।

सोमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम बोल्दै महासचिव पोखरेलले गठबन्धनको यात्राबाट समाजवादमा जान खोज्नुलाई संगति नै नमिलेको दावी गरे ।

पोखरेलले समाजवादबारे बहस गर्दा गठबन्धनको संकल्प गर्न नमिल्ने पनि बताँए । उनले भने, ‘यात्र गठबन्धनको, संकल्प समाजवादको मिलेको छैन ।’ यदि कांग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने बताए ।

उनले गठबन्धन सत्ता प्राप्तिको उद्देश्यमा आधारित भएको भन्दै समाजवादका लागि होइन भन्ने कुरा कम्तिमा वामपन्थी आन्दोलनमा सहभागी नेताहरु सहमत भएमात्र समाजवादको विमर्शको अर्थ हुने बताए । ‘अन्यथा यो विमर्श कार्यकर्ता अल्मल्याउने मेलो मात्र हो । यो राजनीतिक अभियान समाजवादका लागि होइन भन्ने स्पस्ट हुन्छ’, पोखरेलले भने, ‘नेपालमा समाजवादको निर्माण आर्थिक सामाजिक आधारमा हुन्छ ।’ उनले समाजवादतर्फको यात्राका लागि ५ वटा कुरामा सुधार गर्न सक्नुपर्ने बताए ।

त्यसका लागि हरेक नागरिकका लागि समान शिक्षा, स्वस्थ्य र सवल नागरिक, श्रमलाई आधुनिकीकरण गर्दै यन्त्र उपकरणको प्रयोग, पूँजी निर्माणको सामर्थ्य, उत्पादन शक्तिको विकास अनिवार्य रहेका बताए । उनले कम्युनिस्ट आन्दोलनले सर्वहारा वर्गलाई मुक्त गर्न एक पटकको श्रमजीवी सधैंभर श्रमजीवी हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।