सीमान्तकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी

सीमान्तकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी


ग्लोब नेपाल
0
Shares

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।

संसद्‌मा विनियोजन बजेटमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (याैनकर्मी) महिलाहरूकाे पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।

`सीमान्तकृत महिलाहरूकाे समस्या छ, समाजमा । नागरिकताकाे समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएकाे छ । उनीहरूमाथि हुँदै आएकाे दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ´, काठमाडौंमा मङ्गलबार आयाेजित एक कार्यक्रममा भनिन् ।

उनले सीमान्तकृत महिलाहरूकाे अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सराेकारवाला पक्षहरूले साेच्न आवश्यक रहेकाे पनि बताइन्