कोरियन भाषा परीक्षा: कृषि तथा पशुपालन क्षेत्रतर्फ मागभन्दा कम परीक्षार्थी उत्तीर्ण

कोरियन भाषा परीक्षा: कृषि तथा पशुपालन क्षेत्रतर्फ मागभन्दा कम परीक्षार्थी उत्तीर्ण


ग्लोब नेपाल
108
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको नतिजाअनुसार माग संख्याभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् । कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार गएको जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा दिएका ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् । कृषि तथा पशुपालन क्षेत्रमा पहिलो चरणको कोरियन भाषा परीक्षामा जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएकोमा ६ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको थियो । तर कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् । सन् २०२२र२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ ।

सीप परीक्षणको दोस्रो चरणको परीक्षा भने हुनै बाँकी छ । परीक्षामा उत्तीर्ण हुँदैमा कोरियाको रोजगारी निश्चित नहुने ईपीएस कोरिया शाखाले जनाएको छ ।