प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

मन्त्रिपरिषद्को नियमित बैठक सकेर राष्ट्रपति भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच अहिले छलफल भइरहेको छ ।

आगामी आर्थिक वर्षको बजेट पास भइसकेपछि देउवा शीतल निवास पुगेका हुन्। सोमबार मात्रै आफ्नो क्याबिनेटमा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवाले हेरफेर गरेका थिए।