नारायणगढ–मुग्लिन सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम देखिएको छ । सडक पुननिर्माणको काम सकिएको भएपनि वर्षा सुरु भएसँगै यो सडकखण्ड पहिरोको जोखिममा परेको हो ।

यस वर्षको मनसुन सुरु भएयता मात्रै यो सडकखण्डको सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरकाअनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ ।

यस्तै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । काठमाडौं प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजारभन्दा धेरै सवारीसाधनमा लाखौं यात्रु ओहोरदोहोर गर्छन् । तर पानी पर्ने वित्तिकै पहिरो खस्दा लाखौ यात्रु अलपत्र पर्ने गरेका छन् ।