कांग्रेसको निष्कर्ष: एक्लै चुनाव लडेका ठाउँमा कमजोर छैनौँ, एमालेको भन्दा बढी मत आयो

कांग्रेसको निष्कर्ष: एक्लै चुनाव लडेका ठाउँमा कमजोर छैनौँ, एमालेको भन्दा बढी मत आयो


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा बिहिबार (आज) सार्वजनिक गरिएको प्रतिवेदनमा कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख छ । गठबन्धनका कारण १२१ सिटमा मेयररअध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको तथ्यांकमा उल्लेख छ ।

प्रतिवेदन अनुसार यस्तै २१९ ठाउँमा उपमेयर/उपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो । गठबन्धनका आधारमा मेयर/अध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको प्रतिवेदनमा उल्लेख छ । जुन ६१ प्रतिशत हो । यस्तै उपमेयर/उपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको कांग्रेसले जनाएको छ । जुन ७४ प्रतिशत हुन आउँछ।

यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ । जुन ४८ प्रतिशत हुन आउँछ ।

यस्तै, कांग्रेसले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतले पार्टीलाई पहिलो दलका रूपमा स्थापित गरेको पनि जनाएको छ । प्रतिवेदनमा कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको भन्दै यो सर्वाधिक मत भएको उल्लेख छ । “यो मत भनेको प्रतिपक्षी दल एमालेभन्दा एक लाख ७५ हजार ७६ मत बढी हो,” प्रतिवेदनमा लेखिएको छ ।

प्रतिवेदन पढ्नोस्ः