सरकार परिवर्तनको टुंगो गठबन्धनको केन्द्रीय बैठकले लगाउँछः मुख्यमन्त्री पाण्डे

सरकार परिवर्तनको टुंगो गठबन्धनको केन्द्रीय बैठकले लगाउँछः मुख्यमन्त्री पाण्डे


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफुलाई हटाउने वा राख्न भन्ने विषय पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट नै हुने बताएका छन् ।

बिहिबार मुख्यमन्त्री पाण्डेले ट्वीटरमार्फत गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने पनि बताए । उनले ‘वागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ, नेकपा एसका उपाध्यक्षसमेत रहेका पाण्डेले लेखेका छन्, गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्।’

आधा-आधा समय पाण्डे र कांग्रेस नेता इन्द्र बानियाँले मुख्यमन्त्री पद लिने सहमति पछिल्लो पटक भएको थियो। गोप्य राखिएको उक्त सहमतिपत्र बाहिरिएपछि पद छाड्नुपर्ने दबाबमा मुख्यमन्त्री पाण्डे छन्। पाण्डेले यसअघि बजेट पारित भएपछि केन्द्रको निर्णयलाई सम्मान गर्ने बताएका थिए। आजमात्रै बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ।

बजेट पारित भएसँगै कांग्रेस र माओवादीका सांसदहरुले दबाब बढाउन हस्ताक्षर संकलन अभियान नै संकलन गर्न थालेका छन्।