देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

बैठकमा महामन्त्री गगन थापा पनि सहभागी छन्। कोइराला पक्षले महाधिवेशनमा आफ्नो टिमबाट पदाधिकारी र केन्द्रीय सदस्य उठेकाहरूसँग आज छलफल गरेको हो। छलफलमा चन्द्र भण्डारी, बलबहादुर केसी, दीलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, गोविन्द पोखरेल, प्रतिमा गौतम, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायत उपस्थित छन्।

सभापति देउवालाई विधि र विधानअनुसार चल्न आग्रह गर्ने पनि कोइराला पक्षको भनाइ छ।