दक्षिण कोरियामा ५ प्रतिशत तलब वृद्धि, नेपाली कामदार लाभान्वित

दक्षिण कोरियामा ५ प्रतिशत तलब वृद्धि, नेपाली कामदार लाभान्वित


ग्लोब नेपाल
81
Shares

दक्षिण कोरिया । दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारको ज्याला बढाउने भएको छ ।

बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) बनाएको हो । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् । अब मासिक रुपमा कामदारको न्यूनतम तलब २० लाख १० हजार (२ लाख रुपैयाँ) वन हुनेछ । ओभरटाइम र सार्वजानिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरुमा लागू हुनेछ ।

ज्याला निर्धारण समितिले यो निर्णय गर्दा उद्योगी पक्षले उच्च ब्याजदर, कोरियाली वनको डलरसँगको उच्च गिरावट र कोरोना महामारीका कारण भएको आर्थिक क्षतिलाई कम गर्न कामदारको तलव बढाउन नहुने जनाएका थिए । त्यस्तै मजदुर युनियन पक्षले भने यस अघिका राष्ट्रपतिको कार्यकालमै प्रतिघन्टा १० हजार वन पुर्‍याउने घोषणालाई कार्यान्वयन गर्न माग गरेका थिए ।