दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीहरु पक्राउ परेका छन् ।

कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ-८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेकाे अध्यागमन अधिकारीहरूले बताएका छन् । अध्यागमन अधिकारीका अनुसार अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिए वाफत रकम असुल्ने काम गरेका थिए ।