एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ ।

३० जेठमा सचिवालय बैठक बसेपछि एमालेले अर्को बैठक बोलाएको थिएन । स्थानीय तहको निर्वाचनपछि स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले बोलाएको छैन ।