एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप अब नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ ।

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट र इन्टरनेट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमकाे नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको जनाएको छ ।

बैकका अनुसार उक्त सुविधा मार्फत बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी मोबाइल बैंकिङ्ग एप, वेबसाइट र इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिनेछ । साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि बैंकिङ्ग एप, वेबसाइट र इन्टरनेट बैंकिङ जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

बैंकका अनुसार अब नेपाल टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी ग्राहकहरूले अन्य थुप्रै सेवाहरू उपभोग गर्न सकिने छ ।

बैंकका अन्य सुविधा के छन्, हेर्नुहोस विज्ञप्तिः