एकीकृत समाजवादीको वागमती प्रदेश संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको वागमती प्रदेश संसदीय दलको बैठक सुरु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।

काठमाडौंस्थित पार्टी कन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा प्रदेश संसदीय दलको बैठक सुरु भएको हो। बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि अध्यक्ष नेपाल ढिलो गरी काठमाडौँ फर्किएकाले बैठक सुरु हुन ढिलाई भएको बताइएको छ।

अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवा, अर्को सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ निजगढ विमानस्थल अवलोकनमा गएका थिए।

बागमती प्रदेश सरकार परिवर्तनसम्बन्धी हल्ला भइरहँदा अध्यक्ष नेपालकै उपस्थितिमा सुरु भएको प्रदेश संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सम्भवत मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न लाउने निर्णमा पुग्नेछ ।