सिभिल बैंकको ९९औं एटियम पोखराको लेकसाईडमा

सिभिल बैंकको ९९औं एटियम पोखराको लेकसाईडमा


ग्लोब नेपाल
189
Shares

पोखरा । सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।

आईतबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले एटिएमको उद्घाटन गरेका हुन् ।
एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म ९२ अर्ब रूपैयाँभन्दा वढी निक्षेप परिचालन गरी करीव ८८ अर्ब रूपैयाँ कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।