अछामका विनोद शाहीको हत्या प्रकरणः मेयर चलाउनेसहित ७ जना पक्राउ

अछामका विनोद शाहीको हत्या प्रकरणः मेयर चलाउनेसहित ७ जना पक्राउ


ग्लोब नेपाल
108
Shares

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का किशोर विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेकी मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

यसअघि घटनाको केहि दिनमै ५ जनालाई प्रहरीले पक्राउ गरेकोमा शनिबार (हिजो) मेयर चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए। उनका अनुसार हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउने र स्थानीय नेत्र शाही पक्राउ परेका हुन्।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ। केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ।

विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो। जाहेरीपछि मृत्यकको शब आफन्तले बुझेका थिए ।