सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे २ अर्बको कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे २ अर्बको कारोबार


ग्लोब नेपाल
216
Shares

काठमाडौं । साताको पहिलो आईतबार (आज) सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो । शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ । शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ ।

आज कुल २३१ वटा कम्पनीको ४५ हजार १२० वटा कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखियो । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताहरुले धेरै कमाए।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।