नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिपछि दज्र्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।

यसैबीच दज्र्यानी चिह्न पप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री बालकृष्ण खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताए ।