तत्कालीन नेकपाका ५ सचिवालय सदस्यहरूबीच भेटवार्ता

तत्कालीन नेकपाका ५ सचिवालय सदस्यहरूबीच भेटवार्ता


ग्लोब नेपाल
378
Shares

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच आइतबार भेटवार्ता भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो।

भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायतका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।