१७ डीआईजीको पदस्थानपन, ७ जनाले पाए प्रहरी ईकाइको नेतृत्व

१७ डीआईजीको पदस्थानपन, ७ जनाले पाए प्रहरी ईकाइको नेतृत्व


ग्लोब नेपाल
405
Shares

काठमाडौं। भर्खरै बढुवा भएका १७ डिआइजीहरूको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन्।

पहिलो नम्बरका बसन्त कुँवरलाई कार्य विभाग र दोस्रो नम्बरका टेकप्रसाद राईलाई आईजिपी सचिवालयमा पदस्थापन गरिएको छ। तेस्रो नम्बरमा अशोक सिंहले विषेश ब्युरोको जिम्मा पाएका छन्। चौथो नम्बरका दीपक थापा प्रशासन विभाग र पाचौँ नम्बरका श्यामलाल ज्ञवालीले साइबर ब्युरोमा जिम्मेवारी पाएका छन्।

प्रदेश-१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकी प्रदेशमा रामदत्त जोशी र कर्णाली प्रदेशमा पोषराज पोखरेल पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीको जिम्मा दुर्गा सिंहलाई दिइएको छ।

टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ।