एनआईबिएल एस क्यापिटलको आजीवन डिम्याट र मेरोशेयर नवीकरण गर्ने योजनाको म्याद असार ३२ गतेसम्म थप

एनआईबिएल एस क्यापिटलको आजीवन डिम्याट र मेरोशेयर नवीकरण गर्ने योजनाको म्याद असार ३२ गतेसम्म थप


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ । नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।