नवनियुक्त मन्त्रीहरुको शपथ आजै

नवनियुक्त मन्त्रीहरुको शपथ आजै


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट परिवर्तन गरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो साढे ४ बजेको लागि तय भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’

जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको थियो। प्रधानमन्त्री शेरबहादुर शेउवाले उनीहरुलाई नियुक्त गरेर सोमबारै राष्ट्रपति कार्यालयलाई जानकारी गराएका हुन्।

नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ ।

जसपाले यसअघिका कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रधानमन्त्रीसमक्ष नयाँ सूची बुझाएको थियो ।