सरकारलाई संसदबाट ओलीले भने- अब चाहिँ अति नै भयो !

सरकारलाई संसदबाट ओलीले भने- अब चाहिँ अति नै भयो !


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर सम्बोधन गर्र्दै ओलीले सरकारले अति नै गरेको बताए । उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए । आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले इनफ इज इनफ भनेका हुन् ।