प्रधानमन्त्रीलाई ओलीको आग्रहः अर्थमन्त्रीमाथि संसदीय छानबिन होस्, यो सामान्य होइन

प्रधानमन्त्रीलाई ओलीको आग्रहः अर्थमन्त्रीमाथि संसदीय छानबिन होस्, यो सामान्य होइन


ग्लोब नेपाल
432
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलील अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरू’ ? भनेर धम्क्याएको बताए ।अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।

ओलीले भने, ‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने रु प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’

ओलीले यस विषयमा संसदीय छानबिन समिति बनाइनुपर्ने बताए । समितिको रिपोर्टका आधारमा कारबाही हुनुपर्ने उनको जोड छ । दुई/चारवटा व्यापारिक घरानाले बजेट बनाएको भन्दै ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउनेबाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोपसमेत लगाए ।