बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गर्ने अर्थमन्त्रीबारे शीर्ष नेताबीच छलफल हुने

बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गर्ने अर्थमन्त्रीबारे शीर्ष नेताबीच छलफल हुने


ग्लोब नेपाल
567
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गर्ने अर्थमन्त्री जनार्दन शर्माका बारेमा सत्तारुढ दलका शिर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

बजेट निर्माणमा अर्थमन्त्री शर्माले राज्यको गोपनीयता भंग गरेकोले उनले राजीनामा नदिए बर्खास्त गरेर उनीमाथि थप कारबाही गर्नुपर्ने सर्वत्र माग उठिरहेको छ । सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ ।

माओवादी केन्द्रको नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा समेत शर्माको विषयमा कुरा उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताबीच नै छलफल हुने जानकारी दिएका हुन् । माओवादीका एक नेताले दिएको जानकारी नुसार सम्भवतः मंगलबार (आज) नै प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्नेछ ।

मन्त्री शर्मालाई हटाउनका लागि नागरिक समाजका अगुवाहरुले पनि आग्रह गरिसकेका छन् । उनका गतिविधिमाथि प्रश्न उठाउँदै सडक प्रदर्शन समेत भइरहेका छन् । तर मन्त्री शर्मा र उनको दल माओवादी केन्द्र सकेसम्म यो घटनाको बचाउ गरिरहेका छन् ।