एसईईको नतिजा साउन पहिलो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

एसईईको नतिजा साउन पहिलो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी


ग्लोब नेपाल
378
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७८ सालको एसईईको नतिजा आगामी साउन पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०७८ सालको एसईईको नतिजा आगामी साउनको पहिलो सातामा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि समयाभावले सो सम्भव नभएको हो ।

परीक्षा नियन्त्रक रायमाझीले गत जेठ ४ गतेबाटमात्र उत्तरपुस्तिका परीक्षणका कार्य थालिएको बताउँदै ढिला गरी काम भएकाले असारमा नतिजा सार्वजनिक गर्न सम्भव नभएको बताए ।उनले आगामी साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको पनि जनकारी दिए ।

गत वर्षको एसईईमा करिब पाँच लाख १४ हजार परीक्षार्थी सम्मिलित थिए । जापानबाट पनि २० जना परीक्षार्थी सम्मिलित भएका छन् । २०७६ र २०७७ सालको एसईई कोभिड-१९ का कारण हुनसकेन । ती दुवै सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा पनिकाले नतिजा सार्वजनिक गरेको थियो ।