प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने अनिता विन्दुको घोषणा

प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने अनिता विन्दुको घोषणा


ग्लोब नेपाल
109.3k
Shares

पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनकालागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैबीच युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । गण्डकीको राजधानी पोखरामा युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी विन्दुले युनियनको नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताकालागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् । विन्दुले भनिन्, ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’

विगत दुई दशक भन्दा बढी समय रेडियो र टेलिभिजन पत्रकारितामा क्रियाशिल विन्दुले लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहने बताउदैँ भनिन्, ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ ।’

बुधबार पोखरामाआयोजित युनियनको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेतालाई साक्षी राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।