यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीमा क्षमता विकास सहितको साइवर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्। यस्तै २ लाख २३ हजार ३३० गरिब परिवारको सूची स्वीकृत गरेको पनि उनले बताए ।

बैठकले हरित ग्यास उत्सर्जन न्यूनिकरणका लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवद्र्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सालयता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्ः

  • मिति २०७९ असार २४ गते देखि २६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रि फाउण्डिङ द फ्युचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाई सहभागि हुन स्वीकृत प्रदान गर्ने ।
  • संयुक्त राष्ट्र संघको आयोजनामा वि।स २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम २९ देखि ३१ सम्म आयोजना हुने मिनिस्टेरियल सेग्मेण्ट र साउनमा हुने हाइलेभल सेग्मेण्टमा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने।
  • खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।
  • नेपाल प्रहरीमा क्षमता विकास सहितको साइवर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने।
  • हरित ग्यास उत्सर्जन न्यूनिकरणका लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवद्र्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सालयता स्वीकार गर्ने।
  • हरित तथा नवीकरणीय उर्जा प्रवद्र्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने।
  • पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने
  • विभूषणका सदस्यमा रहनु भएका अन्य सदस्य यथावत रहने गरी कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजित बास्कोटालाई विभूषण समितिको सदस्य तोक्ने।
  • नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने।
  • सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने।
  • प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्ट्रेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने।
  • विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिब परिवारको सूची सूचीकृत सूची स्वीकृत गर्ने।
  • राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालिका सम्बन्धि नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बाल परिषद्को उपाध्यक्ष तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गर्ने।
  • वागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरस्थित शतनचुली सामुदायिक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने।
  • कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने।
  • भाषा आयोगको पदमा डा। अमरराज गिरी, प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने, मातृकाप्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने।
  • विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने।
  • नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने।
  • नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा.गोपीकृष्ण खनाललाई बढुवा गर्ने।
  • नेपाल कृषि तथा वन सेवा सामुहिकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई बढुवा गर्ने।
  • नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा. संगीता कौसल मिश्रलाई बढुवा गर्ने।
  • हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने।
  • वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिक २०७९ स्वीकृत गर्ने’