काठमाडौं उपत्यकामा गुड्न थाले साझा यातायातका बिजुली बस

काठमाडौं उपत्यकामा गुड्न थाले साझा यातायातका बिजुली बस


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् ।

बिहिबार (आज) एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन्।आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्कर बालाजु-ठमेल-रत्नपार्क-सिंहदरबार-बानेश्वर-मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन्। यस्तै, एउटा बस भने लगनखेल-लैनचौन-बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ।

सबै बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ। यही वर्ष थप ३७ थान विद्युतीय बस ल्याउने तयारी भइरहेको साझाले जनाएको छ।

विद्युतीय बस संचालनमा ल्याएपछि ठूलो क्षेत्रफलको चार्जिङ स्टेशन आवश्यक पर्ने भएकोले सरकारसँग अनुरोध गरेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए। उनले बिजुली बस संचालनका लागि सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्ने पनि बताएका छन्।