थप ९८ जनामा कोरोना संक्रमण

थप ९८ जनामा कोरोना संक्रमण


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४ जनाको स्वास्थ परिक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण भएको पाइएको हो । बितेको चौबिस घण्टामा १ हजार ९३ जनाको एन्टीजेन र १ हजार ६१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । 

मन्त्रालयले हाल देशमा कोरोना भाइरसका ५ सय ६४ जना सक्रिय संक्रमित रहेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा २७ जना कोरोना संक्रमित निको भएका छन् ।