झण्डै ४ वर्षदेखि संसदमा विचाराधीन नागरिकता विधेयक सरकारले फिर्ता लियो

झण्डै ४ वर्षदेखि संसदमा विचाराधीन नागरिकता विधेयक सरकारले फिर्ता लियो


ग्लोब नेपाल
297
Shares

काठमाडौं । सरकारले प्रतिनिधि सभा विचाराधीन झण्डै ४ वर्षदेखि अवस्थामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको छ।

यहि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री वालकृष्ण खाणले विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भनेर प्रश्न गरेका थिए ।

जवाफ दिँदै गृहमन्त्री खाँडले शुक्रबार (आज) बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताए । त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गर्‍यो । यो सँगै नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । फिर्ता लिइएको यो विधेयकमाथि प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिस भामा पठाएको थियो।