एमाले नेताहरू चढेको कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

एमाले नेताहरू चढेको कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै


ग्लोब नेपाल
1k
Shares

काठमाडौं । नेकपा एमालेका नेताहरू चढेको कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।

पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पासहित एमाले नेताहरू चढेको कार शुक्रबार जिल्लाको कमलामाई नगरपालिका-१४, चन्दनपुरमा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा शेर्पासहित एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पेम्बा गुरुङ, देवराज राईलगायत नेताहरू घाइते भएका छन्।उनीहरूको प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको एमालेनिकट प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिएका छन् ।

उनीहरू एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको विस्तारित बैठकमा सहभागि हुन जाँदै गर्दा दुर्घटना भएको हो ।