चुनावको बेलामा यति धेरै पैसाको खोलो बग्छ, त्यो भनिसाध्य छैन: सभामुख सापकोटा

चुनावको बेलामा यति धेरै पैसाको खोलो बग्छ, त्यो भनिसाध्य छैन: सभामुख सापकोटा


ग्लोब नेपाल
27
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् । शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’मा सभामुख सापकोटाले चुनावका बेला हुने विकृति अन्त्य गरेर पैसा नै खर्च नगरी चुनाव लड्न सकिने वातावरण बनाउनुपर्ने बताए ।

उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउनेजस्तो डरलाग्दो अवस्था देखिएको पनि बताए । त्यस्ता विकृति र विसंगति अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरूलाई उनले आग्रह गरे । उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उमेदवारलाई जिताउन पनि चुनावमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनिसाध्य छैन । असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाहिँ यी विकृति र विसंगतिका विरुद्धमा चाहिँ अभियान चलाउन सक्यौं भने वास्तवमा फेरी धेरै पैसा खर्च नगरीकन जित्ने पनि छन्’ उनले भने ।