गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल विरोध

गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल विरोध


ग्लोब नेपाल
243
Shares

न्युयोर्क । सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानी वासिंगटन डीसीमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो ।

‘हामी फिर्ता जानेछैनौं’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए । प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए । प्रदर्शनमा अमेरिकाभरबाट आएका १० हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनमा भाग लिन करिब १,३०० माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायधिवक्त लरेन पियर्स पनि सहभागी थिइन् । शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफू त्यहाँ उपस्थिति भएको उनले बताइन् ।

पियर्सको गृह राज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो । कम्तिमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अकुंश लगाउने अपेक्षा गरिएको छ ।

तर, गर्भपतनलाई हत्याको रुपमा हेर्ने अभियानकर्ताहरूले अदालतको पछिल्लो फैसलाको स्वागत गरेका छन् ।