काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जियानचाओ र देउवाबिच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चियाचाओ आजै नेपाल आइपुगेका हुन्। गत मे महिनामा विभागको प्रमुखमा नियुक्त भएपछिको उनको यो पहिलो नेपाल भ्रमण हो। उनले काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरुबाट नेपालको राजनीतिक अवस्थाका बारेमा पनि रिपोर्टिङ लिएका छन्।

नेपाल भ्रमणका रहेका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया