शेखर पक्षको प्रदर्शनपछि कांग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ

शेखर पक्षको प्रदर्शनपछि कांग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यलय प्रवेशमा कडाई गरिएको छ ।

कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यलय क्षेत्रमा कुनै प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । । नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ।

भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै शेखर पक्षधरले गर्न लागेको प्रदर्शन रोक्न सरकारले सुरक्षाकर्मीलाई ठूलो संख्यामा परिचालन गरेको छ । सानेपास्थित केन्द्रीय कार्यालय प्रवेश गर्नेस्थलमा कसैलाई पनि उभिन दिइएको छैन भने समूह बनाएर हिँड्न समेत रोकिएको छ।

केन्द्रीय समिति वैठक १ बजेदेखि बस्ने गरी बोलाइएको छ।