एमालेले भन्यो: गठबन्धन भत्काउन कुनै गाह्रो छैन (अपानीसहित)

एमालेले भन्यो: गठबन्धन भत्काउन कुनै गाह्रो छैन (अपानीसहित)


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले अहिलेको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ।

एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाएको छ। ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरुलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रोे छैन । तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दूमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ’, अपानिमा भनिएको छ, ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ । हाम्रो पंक्तिलाई आप्mनो शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’

एमालेले राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीब्रता दिंदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने बताएको छ । अपानिमा भनिएको छ, ‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीब्रता दिंदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने । खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जीत सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जीतलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजनाहरु बनाई कार्यान्वयन गर्ने ।’

गठबन्धन भए पनि त्यसको भयबाट मुक्त हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । ‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ’ अपानिमा उल्लेख गरिएको छ, ‘ हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामथ्र्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।’

पार्टीलाई जितका लागि १६ प्रतिशत मत अपुग हुने भन्दै एमालेले सो मत नयाँ पुस्ताबाट पूरा गर्न सक्ने पनि बताएको छ । एमालेले निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्न पार्टी प्रवेशका ठोस कार्यक्रम र योजना बनाउन पनि निर्देशन दिएको छ ।

हेर्नुहोस् एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन: