गठबन्धन हानिकारक छ, बोकेर हिँडे यसले समाजमा हैजा फैलाउँछ: ओली

गठबन्धन हानिकारक छ, बोकेर हिँडे यसले समाजमा हैजा फैलाउँछ: ओली


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले हैजा फैलाउने टिप्पणी गरेका छन् ।

सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले गठबन्धन सरकार मृत भैसकेको भन्दै अब यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने तर्क गरे ‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले समाजमा हैजा फैलाउँछ, ओलीको टिप्पणी छ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन् ।’

एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।उनले गठबन्धनमा रहेका दलहरूका अनेकका अनेक स्वार्थ रहेको भन्दै कुनै उद्देश्य गन्तव्य नरहेको बताए । ओलीले अघि भने, ‘अनेकका अनेक स्वार्थ छन्, उद्देश्य र गन्तव्य छैन । राष्ट्रिय राजनीति पोलोराइजेसनतिर गएको छ । सुखी नेपाली र समृद्ध नेपालीको नेतृत्व एमालेले गरिरहेको छ । सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ’,

उनले आगामी निर्वाचन भएरै छोड्ने भन्दै ओलीले एमाले चुनावमा जाँदा नक्कली र कृत्रिम एजेण्डा लिएर नगई देश र जनताका कुरा लिएर जाने बताए ।