मुद्रास्फीति ८.५६ प्रतिशत, विदेशी मुद्रा सञ्चिती २ खर्ब २२ अर्बले घट्यो

मुद्रास्फीति ८.५६ प्रतिशत, विदेशी मुद्रा सञ्चिती २ खर्ब २२ अर्बले घट्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्र झनझन बिग्रिँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार देशको अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको छ ।

देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ । चालू आवको ११ महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रुपैयाँले घटेको हो । गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । जुन २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष २ खर्ब २२ अर्ब विदेशी मुद्रा सञ्चिती घटेको देखिन्छ ।

जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । पछिल्लो एक महिनामा मात्रै मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ ।