देशभर थपिए १६८ कोरोना संक्रमित

देशभर थपिए १६८ कोरोना संक्रमित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् । आज कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।