नागरिकता विधेयक प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा

नागरिकता विधेयक प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बुधबार (भाेलि) बस्‍ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

संघिय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पेश गर्ने उल्लेख छ ।

यस्तै नागरिकतासहित दश वटा सम्भावित कार्यसूची बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।