प्रस्तावित मर्यादाक्रममा कांग्रेसका प्रदेश सभापतिको असन्तुष्टि

प्रस्तावित मर्यादाक्रममा कांग्रेसका प्रदेश सभापतिको असन्तुष्टि


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो । उक्त प्रस्तावमा सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् । उनीहरूले आफूलाई केन्द्रीय सदस्यभन्दा तल पारिएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेसले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखेको छ । जसमा उनीहरूलाई केन्द्रीय सदस्य भन्दा तल पारिएको छ । यही कारण सात वटै प्रदेशका सभापतिहरूले लिखित रूपमा आफ्नो आपत्ति जनाएकाे गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।

उनले आफूहरूको माग आफूहरूको मर्यादाक्रम केन्द्रीय सभापतिभन्दा मुनी र केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने बताएका छन्। ‘पूर्व पदाधिकारीभन्दा तल प्रदेश सभापतिहरको स्थान रहनुपर्छ भन्ने हाम्रो माग छ,’ गण्डकी प्रदेशका सभापति शर्माले भने।