म गठबन्धनको विरोधी होइन, टिकट नपाए विद्रोह हुन्छ: मोहन बस्नेत

म गठबन्धनको विरोधी होइन, टिकट नपाए विद्रोह हुन्छ: मोहन बस्नेत


ग्लोब नेपाल
5.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरूसँग गठबन्धन आवश्यक नरहेको भन्दै आफ्नो क्षेत्र सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले गठबन्धन भएर हालका सभामुख अग्निप्रसाद सापकोटाले टिकट पाए आफूलाई मान्य नहुने चेतावनी दिएका हुन् । नेता बस्नेतले केन्द्रबाट गठबन्धन गरे पनि नगरे पनि आफूलाई मतलब नभएको तर सिन्धुपाल्चोकमा भने आफ्नो क्षेत्र नछाड्ने बताए ।

‘म गठबन्धनको विरोधी होइन । गर्नुस् नगर्नुस् मलाई मतलब पनि छैन । तर, सिन्धुपाल्चोकमा मेरो क्षेत्र कसैलाई छाड्दिनँ । मेरो सिट सुरक्षित भएन भने विद्रोह गर्छु’,बस्नेतले भने ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचन जितेका सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादीबाट भएका हुन् । सापकोटा र बस्नेतको निर्वाचन क्षेत्र एकै हो ।