यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन: राचन्द्र पौडेल

यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन: राचन्द्र पौडेल


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको वर्तमान सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पच्छ्याउने छुट नरहेको बताएका छन् ।

पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् । पौडेलले राष्ट्रिय समस्या समाधान गर्न सरकार सजग हुनु पर्ने पनि बताए । नेता पौडेलले भने, ‘केपी ओलीले संविधान भत्काएका थिए। त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ। संवैधानिक परिषद् सम्बन्धी विधयेक फिर्ता हुनुपर्छ। यो सरकारलाई केपी ओलीको शैली पच्छ्याउने छुट छैन। त्यस्तो हामी हुन दिँदैनौं ।’

उनले अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक रहेको पनि बताए । कांग्रेस बैठकमा कतिपय नेताहरूले गठबन्धन तोड्नुपर्ने माग गरिरहेका बेला पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले अहिले सिद्धान्तको कुरा गर्ने बेला नभएर राष्ट्रिय आवश्यकतालाई ध्यान दिनुपर्ने बताए ।

‘अहिले सिद्धान्तको कुरा गर्ने बेला होइन, राष्ट्रिय आवश्यकताको कुरा हो । स्थायित्व चाहने हो भने गठबन्धन आवश्यक छ । कांग्रेस र कम्युनिस्ट भन्ने बेला हैन यो । यो त स्थायित्व दिने कुरा हो । त्यसकारण गठबन्धन गरौँ । मापदण्डबारे छलफल गरौँला,’ पौडेलले भने ।