पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समिति मन्त्रालय जाँदै

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समिति मन्त्रालय जाँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा बिचौलियाको प्रयोग गरेर करका दर हेरफेर गरेको आरोपका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाने भएको छ ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जादैँ छन् । जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो। छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट चार जना सहभागी छन् ।

उक्त ११ सदस्यीय छानबीन समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो ।