कांग्रेसमा वरियाता प्रस्ताव, छोराले बाउको न्वारन गरेको आरोप

कांग्रेसमा वरियाता प्रस्ताव, छोराले बाउको न्वारन गरेको आरोप


ग्लोब नेपाल
190.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेको भनिएको वरियाताक्रम विवादमा परेको छ । सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले वरियाता प्रस्ताव नक्कली भएको आरोप लगाए । उनले भने, ‘नेपाली कांग्रेसको वरियताक्रमको प्रस्ताव आएको मैले पनि सुने, तर त्यो नक्कली रहेछ, त्यो केही पनि होइन रहेछ, त्यसबारे कुरा गर्नु बेकार हुन्छ ।’

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमहामन्त्री बद्री पाण्डेले प्रस्ताव गरेको भन्ने चर्चा छ नि भन्ने ग्लोब नेपालको जिज्ञासामा प्रदेश सभापति बलायरले भने, ‘उनले घरबाट कसका लागि ल्याए होलान्, जसका लागि ल्याएको हो, त्यो कसैले मान्दैन । त्यस्तो पोटफोलियो कहाँ हुन्छ, त्यो च्यातिसक्यो । केन्द्रीय सदस्य योग्यता १० र १५ वर्ष भनेको छ । यो असाधारणरुपमा ल्याइएको छ, त्यो हुँदै हुँदैन ।’

पार्टीमा वरियताक्रमको प्रस्ताव सहमहामन्त्री बद्री पाण्डेले प्रस्तुत गरेका थिए । सहमहामन्त्री पाण्डेले भने, ‘मैले केन्द्रीय कमिटीमा वरियताक्रम प्रस्ताव गरेको हुँ, सहमहामन्त्रीको प्रस्ताव कसरी व्यक्तिगत हुन्छ ?’ यो प्रस्ताव मात्र हो, सहमहामन्त्री पाण्डेले भने, ‘कसरी बाहिर आयो, मलाई थाहा भएन ।’

पदाधिकारीले वरियताक्रम छुट्टाएर हुँदैन, शीर्ष नेताहरुले निर्धारण गरेर छलफलमा ल्याए ल्याउनुपर्छ, प्रदेश सभापति बलायरले भने, ‘छोराले बाउको न्वारान गर्न पाइँदैन ।’