भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र पक्ष आयोगमा

भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र पक्ष आयोगमा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अद्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए ।

यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । साथै भट्टराईसहित केन्द्रीय कार्यकारिणी समितिका नौ जना नेताहरूलाई यादव पक्षले पदमुक्त गरेको थियो । सोही विवरण अद्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

राजनीतिक रूपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रूपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ ।

तर भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रूपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ ।