एनआईसी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग


ग्लोब नेपाल
189
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरुकाे माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।
यसकालागी इच्छुकले बैंकको वेबसाइटमा २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।